E-PaperNepalराजनीतिस्थानीय समाचार

चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गर्यो

चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ। नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले डोजर चलाएको हो। मेयर रेनु दाहाल आफैंले यो कार्यमा संलग्न भएर अतिक्रमित संरचना भत्काउने प्रक्रिया अघि बढाएकी छन्।

भरतपुर महानगरका अनुसार लायन्स क्लबको भवनको नक्सापास थिएन र यसमा मात्र तीन धुर जग्गाको लालपूर्जा रहेको छ। महानगरपालिकाले २०८० वैशाख २१ गते पुङ्गी खोला करिडोरको नापजाँच गरि अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो। त्यसपछि निर्देशक समितिको भदौ २८ गतेको बैठकले अवैधानिक संरचनाहरू भत्काउने निर्णय गरेको थियो।

पुङ्गी खोला विगतमा कञ्चन पानी बग्ने स्थान थियो, तर शहरीकरणका कारण यो खोला अतिक्रमणमा परेको छ। मेयर रेनु दाहालले खोला पुनर्जीवन र संरक्षणको लागि एक अभियान सुरु गरेकी छन्, जसअन्तर्गत ६ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।

सौन्दर्यकरणको पहिलो चरणमा ३५५ मिटरको दुबै तर्फका क्षेत्रलाई सजाउने योजना छ, जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्ग वाल, र रेलिङ्ग समावेश हुनेछ। साथै, पर्यटकका लागि चिया, खाजा खाने स्टेसन, विश्रामस्थल, र खुला व्यायामशाला पनि निर्माण गर्ने योजना रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!