E-PaperNepalदेशस्थानीय समाचार

बैतडीमा भन्सार छलीका सामग्री बरामद: महाकाली भन्सार कार्यालयमा बुझाइने

बैतडी जिल्लामा भन्सार छली गरेर भारतबाट ल्याइएका अवैध सामग्री बरामद गरिएको छ। दशरथचन्द नगरपालिका–१० अदरपिण्डस्थित गोठलापानी–झुलाघाट सडकखण्डमा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले यी सामग्री फेला पारेको हो।

प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार २५ हजार १ सय ५७ रुपैयाँ बराबरको चिनी, मिश्री, खानेतेल, बिडी, सुर्ती लगायतका बेवारिसे सामग्री बरामद गरिएको छ। बरामद गरिएको सामग्रीलाई आवश्यक कानुनी कारवाहीका लागि महाकाली भन्सार कार्यालय, झुलाघाटमा बुझाइने जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!