दैलेखमा पेट्रोलियम अन्वेषणको प्रगति: २३५७ मिटर ड्रिल सम्पन्न, विद्युत र खानेपानीको समस्या समाधानमा प्रयास
दैलेख :आज दैलेख जिल्ला स्थित पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् कार्यको प्रगति बारे जानकारी लिन स्थलगत अवलोकन गरिएको छ। अवलोकनका क्रममा परियोजनाको ड्रिलिङ कार्यमा करिब ४ हजार मिटर ड्रिल गर्ने योजना रहेकोमा हालसम्म २३५७ मिटर ड्रिल गर्ने कार्य सम्पन्न भएको जानकारी प्राप्त भएको छ।
हालको अवस्थाबारे जानकारी दिँदै परियोजनाका ईन्जिनियरले बताउनु भएको छ कि मेसिन सञ्चालनको लागि आवश्यक विद्युत भोल्टेज नपुगेको र विद्युत प्रसारण स्थिर नहुनाले डिजेलबाट ड्रिल मेशिन सञ्चालन गर्नुपरेको छ। यसले कार्यको गति प्रभावित गरेको छ।
त्यसैगरी, परियोजनाको खानेपानीको व्यवस्था खोलाबाट सिधै पाइप जोडेर गरिएको छ, जसले गर्दा खोलामा पानीको स्तर बढ्दा समस्याहरू देखा पर्ने बताइएको छ।
यी समस्याहरूको समाधानका लागि आवश्यक समन्वय र सहजिकरण गर्ने कुरा सुनिश्चित गरिएको छ, ताकि परियोजनाको कार्यमा कुनै बाधा नआओस् र सुचारु रूपमा अगाडि बढ्न सकियोस्।
आवश्यक कदमहरू चाँडै उठाइनेछ, जसले गर्दा पेट्रोलियम अन्वेषण कार्यलाई तिव्रता दिनेछ र दैलेखको विकासमा योगदान पुर्याउने छ।