काठमाडौंमा अपहरण र क्रूर यातना दिने ‘सुगर ड्याडी’ अशिष देउला पक्राउ
अशिष देउला पक्राउ
काठमाडौं — मानिसलाई अपहरण गरी बन्धक बनाइ क्रूर यातना दिने अभियोगमा अशिष देउला उर्फ ‘सुगर ड्याडी’लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानमा मानिसहरूलाई बन्धक बनाएर यातना दिने कार्यमा संलग्न भएको आरोपमा देउलालाई विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
देउलामाथि ‘सडिस्ट’ प्रवृत्तिको भएको आरोप लागेको छ। यस्ता मानिसहरूले अरूलाई यातना दिएर मानसिक सुख प्राप्त गर्छन्, जसले समाजमा गम्भीर अपराधको रूपमा गनिन्छ। यसअघि पनि देउलाको व्यवहारलाई लिएर विभिन्न सञ्चारमाध्यममा चर्चा भइरहन्थ्यो, तर पछिल्लोपटक मानव अपहरण र यातनाका घटनाहरूले उनको वास्तविक क्रूरता उजागर भएको छ।
विसं २०६१ मा आएको मनोवैज्ञानिक थ्रिलर चलचित्र “SAW” मा देखिएको जस्तै यातना दिने मानसिकता भएकाले देउलालाई समाजका लागि अत्यन्त खतरनाक मानिन्छ। मानव अधिकारका पक्षधर र सर्वसाधारणले देउलालाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग राखेका छन्। यस्ता अपराधीहरूलाई सजाय दिने कुनै छुट दिन नहुने भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।
यस घटनाले समाजमा यस्ता ‘नरपिचास’ प्रवृत्तिका मानिसहरूको पहिचान र कडा कारबाहीको आवश्यकता रहेको सन्देश दिएको छ। प्रहरी अनुसन्धान जारी रहेको र अदालतबाट थप कारबाही अघि बढाउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।