ललितपुरको एकान्तकुनामा अवैध कारोबारमा संलग्न भएको आरोपमा दुई चिनियाँ नागरिक र एक फिलिपिनो सहित ५० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। बिहीबार गरिएको छापामा पक्राउ परेकामध्ये पाँच महिला पनि समेटिएका छन्।
प्रवक्ता होबिन्द्र बोगटीका अनुसार, यी व्यक्तिहरूले पुरै घर भाडामा लिएर कल सेन्टर सञ्चालन गर्दै नेपालीलाई झुक्याएर लगानी गर्न लगाउने र ठगी गर्ने गतिविधिहरूमा संलग्न थिए।
उनीहरूलाई म्याद थपका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिने छ। थप अनुसन्धानपछि घटनाको अन्य पक्षहरु पनि खुलासा हुने अपेक्षा गरिएको छ।