E-PaperNepalदेशसंसारस्थानीय समाचार

मनसुनको प्रभावले कोशी, वाग्मती, र गण्डकी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना

काठमाडौँ ३०भाद्र — हालको मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र नजिकको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, वाग्मती, र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, वाग्मती, र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, वाग्मती, र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!