E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार
चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा लापरबाही २८ वर्षीया सुत्केरी महिला निर्मला बिकको निधन
गौरिगङ्गा-१ मंगलपुरका स्थानिय जनता र निर्मला बिकका आफन्तहरू चौमाला प्राथमिक स्वास्थ्य केन्द्रको लापरबाहीको विरोधमा उभिएका छन्। २८ वर्षीया निर्मला बिकको मृत्युले स्थानीय समुदायमा ठूलो आक्रोश फैलाएको छ।
स्थानीयका अनुसार, स्वास्थ्य केन्द्रमा केही स्वास्थ्यकर्मीहरूले व्यवसायिक र जिम्मेवारीबाट च्युत भएर काम गरिरहेका छन्। यसले गर्दा सुत्केरी महिलाहरूको जीवनमा गम्भीर खतरा उत्पन्न भएको छ।
वडा अध्यक्ष डबल दियाकोटिले भनेका छन्, “हामी यस लापरबाहीलाई सहन गर्दैनौं। स्वास्थ्यकर्मीलाई ठिक पारेर छोड्नेछौं। जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि काम सह्य छैन।”
समुदायले स्वास्थ्य सेवामा सुधारको माग गर्दै जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने आवाज उठाइरहेको छ। यो घटनाले स्थानीय स्वास्थ्य सेवामा सुधारको आवश्यकता र जिम्मेवारीको महत्त्वलाई उजागर गरेको छ।