Nepalअर्थ / वाणिज्यदेशराजनीति

अर्थमन्त्री पौडेलको भन्सार विभागलाई कडा निर्देशन राजश्व लक्ष्य पूरा गर्न थप प्रयास गर्नुपर्ने

अर्थमन्त्री पौडेलको भन्सार विभागलाई कडा निर्देश

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा गर्न र यसको संग्रहमा अझ सुधार ल्याउन भन्सार विभागका अधिकारीलाई कडा निर्देशन दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित भन्सार विभागको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले राजश्वको लक्ष्य पूरा गर्न मात्र होइन, यसलाई थप माथि उठाउने प्रयास गर्नुपर्ने बताएका छन्।

पौडेलले राजश्व परिचालनमा कुनै सम्झौता नगर्ने कुरा स्पष्ट गर्दै भने, “राजश्वको लक्ष्य पूरा गर्नु मात्र होइन, कतिपय ठाउँमा लक्ष्य क्रस गर्न सकिन्छ। राजश्व परिचालनमा कुनै पनि कम्प्रमाइज हुने छैन।”                                   

अर्थमन्त्री पौडेलले गत वर्षको प्रगति आधारमा चित्त बुझाएर नबस्न र निरन्तर सुधारका लागि ध्यान केन्द्रित गर्न भने। उनले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको र राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको बताउँदै, “कैयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी छ। यदि राजश्व परिचालनमा प्रभावकारी हुन नसके अर्थतन्त्रलाई अघि बढाउन नसकिने छ।”

मन्त्री पौडेलले भन्सार विभागलाई थप कडा मेहनत र सुधारका लागि प्रेरित गर्दै, राजश्वको अधिकतम सम्भावना उपयोग गर्नुपर्ने कुरामा जोड दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!