E-PaperNepalखेलस्थानीय समाचार
गोरखामा हिमपात, पर्यटक साम्दोमै रोकिए, जनजीवन प्रभावित
गोरखा : उत्तरी गोरखाको साम्दोमा शुक्रबार रातिदेखि भएको हिमपातले स्थानीय जनजीवनमा बाधा पुर्याएको छ। लार्के पासका लागि गएका पर्यटकहरू साम्दोमै रोकिएका छन्।
सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) साम्दोका प्रमुख विश्व त्रिपाठीका अनुसार, आधा फिटदेखि एक फिटसम्म हिउँ परेको छ। उनले भने, “हिउँले पदमार्ग नै ढाकेको छ, हामी हिउँ पन्छाउने काम गरिरहेका छौं।”
हिमपातसँगै चिसोको मात्रा बढेकाले स्थानीयहरू घर भित्रै आगो तापेर बसेका छन्। असोजमा हिउँ परेको यो पहिलो पटक हो, जबकि तल्लो क्षेत्रमा भने अविरल वर्षा भइरहेको छ।