काठमाडौं, ३० भदौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध जारी राख्ने निर्णय गरेको छ।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रतिनिधि सभाको बैठक निष्कर्षमा पुगे बिना टुंगिएको थियो। यसपछि माओवादी केन्द्रका सांसदहरूले बैठक गर्दै ‘माओवादी हिंसा’ शब्द संसदीय रेकर्डबाट हटाउनुपर्ने अडान लिएका छन्। माओवादी केन्द्रका सचेतक रुपा सोसी चौधरीका अनुसार, सत्तारुढ दलहरूले यस विषयमा गम्भीरता नदेखाएको बताइन्।
उनले भनिन्, “हाम्रो प्रष्ट निर्णय छ– माओवादी हिंसा शब्द संसदीय रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चल्न सक्दैन। यो संसदीय दलकै निर्णय हो र यसमा कुनै सम्झौतासमेत हुँदैन। सभामुखको निर्णय संशोधन नभएसम्म प्रतिनिधि सभाको अवरोध जारी रहनेछ।”