E-PaperNepalदेशराजनीतिशीर्ष समाचार

संसदीय समितिको प्रतिवेदन: सहकारी रकम अपचलनमा रवि लामिछानेको संलग्नता नदेखिएको, केवल परिचालनमा जिम्मेवार ठहरिएको

काठमाडौं। सहकारीको रकम अपचलनमा रवि लामिछानेको भूमिका नभएको निष्कर्ष निकालेको संसदीय विशेष समितिको छानबिन प्रतिवेदन सोमबार प्रकाशित भएको छ। समितिले सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता नभएको र उनको भूमिका केवल गाेरखा मिडियामा आएको रकमको परिचालनमा सीमित रहेको निष्कर्षमा पुगेको छ।

समितिले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिएको छ र अब अन्तिम बैठकको क्रममा हस्ताक्षर गर्न बाँकी छ। प्रतिवेदन अनुसार, सहकारीको रकम अपचलनमा जीवी राई, छविलाल जोशी, र कुमार रम्तेलको संलग्नता पुष्टि भएको छ। यद्यपि, गाेरखा मिडियामा उक्त रकमको परिचालनमा रवि लामिछानेको संलग्नता देखिएको छ।

समितिले रवि लामिछानेलाई कानूनी रूपमा जिम्मेवार बनाउने सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेको छ। तथापि, सहकारीको रकम गैरकानुनी ढङ्गमा गाेरखा मिडिया वा अन्यत्र ल्याउने कार्यमा लामिछानेको संलग्नता देखिएको छैन।

समितिले ७ सदस्यीय टोलीको रूपमा जेठ १५ गते गठन भएको थियो। यसमा एमालेका सूर्यबहादुर थापा क्षेत्री, कांग्रेसका ईश्वरी न्यौपाने, माओवादी केन्द्रका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल, राप्रपा ध्रुवबहादुर प्रधान र अन्य सदस्यहरू थिए। समितिको प्रतिवेदन समयसीमा भन्दा अघि नै तयार भएको छ, र सोमबारको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि यो प्रतिवेदन छानबिन समितिले समयसीमाभन्दा पहिले नै तयार पारेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!