Nepalखेलखेलकुददेशशीर्ष समाचारसंसार

नेपालले ओमानसँग खेल्दै, विश्वकप लिग २ मा सुधारको खोजी

आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोली आज ओमानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा राति पौने ९ बजेदेखि सुरु हुनेछ।

नेपालले त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा आयोजक क्यानडासँग ठूलो अन्तरले हार बेहोरेको थियो। यस लिग २ को सुरुआत नै नेपालको लागि कमजोर प्रदर्शनसँग भएको छ। ७ महिनाअघिको घरेलु सिरिमा पनि नेपालले ३ खेलमा हार बेहोरेको थियो, जसमा नामिबियासँग २ र नेदरल्याण्ड्ससँग १ खेलमा पराजित भएको थियो। क्यानडा भ्रमणमा पनि नेपालले हारको शृङ्खला दोहोर्याएको छ, जुन जित्न अत्यावश्यक थियो।

नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौं स्थानमा रहेको छ। आजको खेलमा ओमानले चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ। पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन्।

यस सिरिजमा नेपालले क्यानडासँग अर्को खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ। ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी-२० सिरिज पनि खेल्नेछ। त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ।

यो सिरिजपछि नेपाल लिग २ का लागि अमेरिका जानेछ, जहाँ अमेरिका, नेपाल र स्कटल्यान्ड बीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ।

क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। साथै, जगत टमटालाई कन्सल्टेन्ट कोचको रूपमा नियुक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!