E-PaperNepalदेशविचारस्थानीय समाचार

तारा बरालको चित्कार प्रहरी र न्याय प्रणालीको पक्षपाती व्यवहारविरुद्ध आवाज

प्रहरी हेडक्वाटरमा तारा बरालले आफ्नो फाइल अदालतमा नपुग्न दिइएकोमा असन्तोष व्यक्त गर्दै भनेकी छन्, “माथि कुनै अपराध भएको छैन। न्यायधिषले निर्णय गर्न पाउनुपर्छ। प्रहरीले मनपरि चल्ने भए अदालत किन आवश्यक छ?”

उनले थपे, “साइबर ब्युरो र काठमाण्डौ प्रहरी अदालतको सट्टा मलाई थुन्ने र धनी पिडकलाई बचाउने काम गरिरहेका छन्। महिला प्रहरीलाई निलम्वन गरेर बहादुरी प्रदर्शन गर्न सजिलो छ, तर यदि यो पुरुष प्रहरीले गरेको भए, छानबिन यति चाँडो हुने थिएन।”

बरालले भनेकी छन्, “साइबरले पिडकलाई उजुरीको खबर दिन्छ, प्रहरी मेलमिलाप गराएको भिडियो खिचेर मेरो बदनाम गरिदिएको छ। ती प्रहरीले छानबिन नगरेकोमा किन जिम्मेवार ठानिदैनन्?”

उनले अन्याय र गरिबका हकमा भइरहेको पक्षपाती व्यवहारको विरोध गर्दै, “यी झुठ, गलत टिप्पणी उठाएर फाइल लुकाउने पैसाले भरेका प्रहरीहरू पनि निलम्वन र कारबाहीको भागिदार हुनुपर्छ,” भनिन्।

बरालले न्यायको खोजीमा रहिरहने प्रतिज्ञा गर्दै, प्रहरी र न्याय प्रणालीका गतिविधिहरूको आलोचना गरिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!