E-PaperNepalदेशसंसारस्थानीय समाचार

प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकको बचाउ, प्रारम्भिक जानकारीमा अयोग्यता नठान्न आग्रह

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन्। गृहमन्त्रीले प्रारम्भिक जानकारीमा आएको विषयलाई अयोग्यता वा अपराधको रुपमा लिन नहुने बताएका छन्।

गत शनिबार भारी वर्षासँगै नख्खु खोलामा आएको ठूलो बाढीले नख्खुडोलमा चार जनालाई बगाएको थियो। उद्धारको पर्खाइमा रहेका ती व्यक्तिहरूलाई बाढीले बगाएको थियो। गृह मन्त्रालयको बैठकपछि गृहमन्त्री लेखकले चार जनालाई बचाउन नसकेकोमा दुःख व्यक्त गरेका थिए। यस क्रममा चणिकलाल तामाङले दुई जनालाई उद्धार गरेका थिए भने एक जना आफैं निस्किएका थिए। चारमध्ये एक जनाको अवस्था भने अज्ञात रहेको छ।

बाढी पहिरोले गराएको क्षतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले गृहमन्त्रीले प्रारम्भिक जानकारीमा आएको विषयको मात्र उल्लेख गरेका छन्। उनले भने, “गृहमन्त्रीजीले आफैं गएर त हेर्न सक्ने कुरा आएन। बगाएर लग्यो, बचाउन सकिएन भनेर त्यहाँका मान्छेहरुले जे रिपोर्ट दिए, गृहमन्त्रीजीले त्यही भाषा बोल्नुभयो।”

तर, उनले प्रारम्भिक जानकारी कहिले काहिँ फरक पर्नसक्ने भन्दै यस विषयलाई ठूलो अपराध वा अयोग्यताका रुपमा नलिन सुझाव दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!