कैलाली र कञ्चनपुरबाट ९ लाख बराबरको अवैध सामान बरामद
आइतबार कैलालीको गोदावरी नगरपालिकासहितका विभिन्न स्थानहरूबाट तीन लाख ७० हजार र कञ्चनपुरको भीमदत्त नगरपालिका-२ सहितका स्थानबाट पाँच लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका-४, भजनी नगरपालिका-३, हिक्मतपुरघाट, जोशीपुर गाउँपालिका-३ र कैलारी गाउँपालिका-५ मनिकापुरबाट भारतबाट अवैध रुपमा ल्याइएका सामानहरू पाइएको हो।
बरामद गरिएका सामानमा प्याज, चिनी, गुड, बदाम, बिडी, सुर्ती, गुटखा, आलु, मोबाइलका कभर, ग्लास, स्विटर, थर्मोकोट, गन्जी लगायतका वस्तु समावेश छन्। यी सामानलाई कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भाँसी र अन्य स्थानहरूबाट अवैध रूपमा भन्सार छलि गरिएका पाँच लाख ६३ हजार ६८० रुपैयाँ बराबरका सामान बरामद भएका छन्, जसमा प्याज, चिनी, दाल, खानेतेल, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुटपिस, हार्डवेयर, कस्मेटिक, किराना सामान र मोटरसाइकल पनि समावेश छन्। यी सामान गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीले अवैध व्यापार नियन्त्रण गर्नका लागि कडा निगरानी जारी राखेको छ।