E-PaperNepalदेशस्थानीय समाचार
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गुल्मीकी लीला पछाई पक्राउ, १८ जना फरार
काठमाडौं : कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ। उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर ३ करोड रुपैयाँ भन्दा बढी रकम आफ्नो बैंक खातामा राखेको तथ्य खुलासा भएको छ। सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
यस प्रकरणमा जीबी राईसहित १८ जना फरार रहेका छन्, भने कुमार रम्तेलसहित केही व्यक्ति पुर्पक्षका लागि थुनामा रहेका छन्। यसै क्रममा ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक छविलाल ओझा पनि पक्राउ परेका छन्।
अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरुका बारेमा थप जानकारी जुटाउने प्रयास भइरहेको छ।