E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार

गृहमन्त्री लेखक: कांग्रेस उपसभापति धनराज गुरूङ माथि छानबिन हुनेछ

गृहमन्त्री रमेश लेखकले कांग्रेस उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने बताएका छन्। उनले प्रेस युनियन कास्कीले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा भने, सहकारीको रकम हिनामिना गर्ने कुनै पनि व्यक्तिलाई कारबाही गरिनेछ। गृहमन्त्री लेखक बिहीबार मुस्ताङमा सशस्त्र प्रहरीको वीओपी उद्घाटन गरेर काठमाडौं फर्कने क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यी विषयमा प्रकाश पारेका थिए।

उनले पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन भइरहेको जानकारी दिए। समितिले चार जनालाई छानबिनका लागि सिफारिस गरेको उल्लेख गर्दै जीवी राई बाहेक अन्य तीन जनालाई पक्राउ गरिएको बताइयो।

त्यस्तै, कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्थापना गर्न अध्यागमन कार्यालय राख्ने सरकारको १०० दिनको योजनाअनुरूप उद्घाटन गरिएको गृहमन्त्रीले जानकारी दिए। यसै क्रममा उनले भने, “अबदेखि आवतजावत गर्न धार्मिक पर्यटक र व्यापारिक कार्यका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिइनु पर्दैन, अध्यागमनले नै अनुमति दिनेछ।” यसअघि १५० दिनसम्मको भिसा लगाएर आउजाउ गर्न सकिने व्यवस्था गरिएको छ।

कोरला नाका गण्डकी प्रदेशमात्र नभई भारतसँगको जोडका लागि महत्त्वपूर्ण रहेको गृहमन्त्री लेखकको भनाइ थियो। उनले हिउँदे अधिवेशनमा प्रहरी ऐन पारित गर्ने तयारी भइरहेको समेत जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!