E-PaperNepalदेशशीर्ष समाचारसंसारस्थानीय समाचार

सुक्खा पहिरोले बीपी राजमार्ग पुनः अवरुद्ध, यात्रामा कठिनाइ

सुक्खा पहिरो खसेर बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो गाडीलाई पुराएको छ। यसै क्रममा सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बसलाई पनि रोशी खोलामा धकेलेको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, पहिरो झरीरहेको कारणले बाटो खुलाउन कठिनाइ भइरहेको छ। पहिरो झर्न रोकिए १ घण्टामा राजमार्ग सञ्चालनमा आउने विश्वास व्यक्त गरिएको छ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग आज बिहान ८ बजेबाट एकतर्फी सञ्चालनमा ल्याइएको थियो, तर केही समयपछि पुनः पूर्णरुपमा अवरुद्ध भएको छ। पहिरोमा पुरिएको सुमोको पछाडिको भाग मात्र देखिएको छ, र मानविय क्षति नभएको जानकारी प्राप्त भएको छ। प्रहरीले यात्रुहरूलाई सो सडकमा यात्रा नगर्न अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!