E-PaperNepalदेशधर्मशीर्ष समाचारस्थानीय समाचार
कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न पाइनुपर्ने नियम लागू
कैलालीका जिल्ला प्रशासन कार्यालयले तिहारको समयमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने निर्णय गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी गरिएको सूचनामा भनिएको छ कि आधुनिकताको नाममा नेपाली समाजको संस्कृति र परम्परा प्रभावित हुने र अवाञ्छित गतिविधि हुनसक्ने भएकाले यस्तो निर्णय लिइएको हो।
प्रशासनले थप रूपमा पटका र आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग नगर्न र ओसारपसार गर्न नदिन अनुरोध गरेको छ। यदि प्रशासनले तोकेको समयभन्दा बढी देउसी, भैलो खेल्ने वा अन्य गतिविधि गर्ने पाइएमा कानुनी कारवाही गरिने चेतावनी पनि दिइएको छ।
त्यसैगरी, दिपावलीका अवसरमा दियो, मैनवत्ती र विद्युतीय उपकरणहरू बाल्दा आगजनीका घटनाहरू हुनसक्ने भएकाले नागरिकलाई सचेत रहन अनुरोध गरिएको छ।