E-PaperNepalदेशशीर्ष समाचारसंसारस्थानीय समाचार

बाजुराको हिमाली गाउँपालिकामा नर्सिङ अधिकृत प्रेमकला मल्लको निधन

बाजुराको अति दुर्गम क्षेत्र हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत प्रेमकला मल्लको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। उनी ३० वर्षदेखि दुर्गम गाउँमा स्वास्थ्य सेवामा संलग्न रहँदै आएकी थिइन्।

हालै, मल्ल हुम्लामा रहेका आफ्नी दिदीको घरमा गएको बेला एकाएक बिरामी परिन्। स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास स्वरूप, उनलाई हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभूत अस्पतालमा पु-याउन लाग्दा बाटोमै निधन भएको जानकारी प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले दिएका छन्।

प्रेमकला मल्लले हाल केही समयदेखि हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी पनि समाल्दै आएकी थिइन्। उनका योगदानले क्षेत्रका धेरै जनतालाई स्वास्थ्य सेवा पाउने अवसर दिलाएको छ।

उनको निधनले हिमाली गाउँपालिका शोकमग्न बनेको छ। मल्लको आत्माको चिर शान्तिको कामना गर्दै समस्त जनताले श्रद्धांजलि अर्पित गरिरहेका छन्। मल्लको सम्झनामा स्वास्थ्य सेवामा उनले पुर्याएको योगदान सधैं याद गरिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!