E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार

खोटाङमा दिप्रुङ चुइचुम्मा–उदयपुर जोड्ने झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

दिप्रुङ चुइचुम्मा गाउँपालिका र उदयपुरलाई जोड्ने झोलुङ्गे पुल मर्मतपछि बिहीबारबाट सञ्चालनमा आएको छ। गत असोज १२ गते सुनकोसी नदीमा आएको भीषण बाढीले पुललाई क्षतिग्रस्त बनाएको थियो।

यो झोलुङ्गे पुल दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भडारेघाट र उदयपुरको रौतामाई गाउँपालिका–३ लाई जोड्ने महत्वपूर्ण सञ्जाल हो। पुलको मर्मत कार्य गाउँपालिकाले एक लाख ४५ हजार रूपैयाँको लागतमा सम्पन्न गरेको जानकारी गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले दिए।

राईले भने, “असोज १२ गतेको बाढीले सुनकोसी नदीले फोक्सिङटारको पुल लगायतका झोलुङ्गे पुल पनि बगाइदिएको थियो, जसले तराईसँगको सम्बन्ध बिच्छेद भएको थियो।” उनले थपे, “फोक्सिङटारको पुल त अहिले बन्ने कुरै भएन, तर झोलुङ्गे पुल मर्मत गरेर यात्रु तथा सामान वारपार गर्न मिल्ने भएको छ।”

पुलको मर्मतपछि स्थानीयबासी र व्यापारीहरूका लागि यातायातको सुविधा पुनः सुचारु भएको छ, जसले गर्दा क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!