E-PaperNepalदेशस्थानीय समाचार

भीमदत्त नगरपालिका मा यात्रु स्वास्थ्य सहायता कक्षको स्थापना

कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बसपार्कमा यात्रु स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ। वडादशैँ, दीपावली र छठ पर्वको अवसरमा यस सुविधा सञ्चालनमा ल्याइएको हो।

नगर प्रमुख पदम बोगटीले यात्रुहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यो हेल्थ डेस्क सञ्चालन गरिएको बताए। उनले भने, “यात्राको क्रममा थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ, त्यसैले यो हेल्थ डेस्क यात्रुहरूको स्वास्थ्य सुरक्षाको लागि अत्यन्त महत्त्वपूर्ण छ।”

यस हेल्थ डेस्कबाट प्राथमिक उपचार, ब्लड प्रेसर, ज्वरो जाँच र आवश्यक औषधी निःशुल्क उपलब्ध गराइनेछ।

नगर प्रमुख बोगटीले महेन्द्रनगर बस पार्कको विकास र संरक्षणका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार आयोजित एक कार्यक्रममा उनले हेल्थ डेस्क सञ्चालनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरे।

नगर उपप्रमुख नीलम लेखक जोशीले बस पार्कको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको जानकारी दिइन्। महाकाली यातायात प्रालिका अध्यक्ष डम्मर पन्तले यात्रुहरूको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेकोमा आभार व्यक्त गरे।

कार्यक्रममा भीमदत्त नगरपालिका–४ का अध्यक्ष सुशील कुमार भट्टको अध्यक्षतामा नगर प्रवक्ता पदम राज अवस्थी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उमेश जोशी, बस व्यवसायी तथा यातायात प्रालिका अध्यक्ष र सवारी चालकहरूको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!