E-PaperNepalदेशराजनीतिशीर्ष समाचारसंसारस्थानीय समाचार

रास्वपा उपसभापति डीपी अर्यालको गृहमन्त्री रमेश लेखकसँग भेट बालुवाटारमा विरोध प्रदर्शनको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सोमबार साँझ गृहमन्त्री रमेश लेखकलाई मन्त्रालयमा भेट गरेका छन्। यो भेट बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनको विषयमा छलफल गर्नका लागि गरिएको थियो।

अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी दिंदै भने, बालुवाटार केन्द्रित आन्दोलन भएको हुँदा शान्ति र सुरक्षाको कुरा गर्न गृहमन्त्रीलाई भेटेको हुँ। प्रदर्शन शान्तिपूर्ण हुने जानकारी गराएँ।

लेखकलाई आफ्नो मित्रको रूपमा शुभकामना दिँदै अर्यालले भने, गृहमन्त्रीको कार्यकालको शुभकामना दिएको छु।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको २ कात्तिकमा पक्राउ परेपछि पार्टीले राजनीतिक प्रतिशोधविरुद्ध निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ। लामिछानेलाई दोस्रो पटक म्याद थपिएको हुँदा रास्वपाले काठमाडौंमा प्रदर्शन गरेको छ।

बालुवाटारमा हुने विरोध प्रदर्शनमा उपसभापति डा. स्वर्णिम वाग्ले, नेताहरू सन्तोष परियार, सुमना श्रेष्ठ, सोविता गौतम, अच्युत्तम लामिछाने लगायतले सम्बोधन गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!