सुर्खेतमा प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै आन्दोलन
सुर्खेत, ९ नोभेम्बर २०२४ – दैलेख र सुर्खेतको सिमानामा भएको गाडी दुर्घटनामा चार जनाको मृत्यु र ३० जना घाइते भएका घटनापछि शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन भएको छ। मृतक र घाइतेका आफन्तहरूले गाडी दुर्घटनामा प्रहरीको लापरबाहीको आरोप लगाउँदै सडकमा उत्रिएका थिए। उनीहरूले प्रहरीले लापरवाही गरेको भन्दै कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचारको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
दुर्घटनामा संलग्न गाडी कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको थियो। उक्त गाडी शुक्रवार दैलेखबाट सुर्खेततर्फ आउँदै गर्दा रातानाङ्लामा दुर्घटनामा परेको थियो। १५ सिट क्षमता भएको उक्त गाडीमा ३४ जना सवार थिए। दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। घाइते मध्ये ११ जनाको नेपालगञ्ज र ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ, भने १० जनालाई डिस्चार्ज गरिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
आन्दोलनकारीहरूले दैलेखका प्रहरी चेकपोस्टका कर्मचारीहरूको लापरवाहीका कारण दुर्घटनाको जोखिम बढेको र यातायातसँग सम्बन्धित ऐनको पूर्ण कार्यान्वयनको माग गरेका छन्। उनीहरूको अर्को प्रमुख माग भनेको सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र गाडीका मालिकहरूलाई कारबाही गर्नु हो।
स्थानीय जनता र मृतकका परिवारका सदस्यहरूले प्रदेश सरकार र सम्बद्ध निकायहरूलाई दवाब दिएका छन् कि भविष्यमा यस्ता घटनाहरू रोक्न सख्त कदम चालिनुपर्छ।