E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार

रवि लामिछानेलाई बयानका लागि काठमाडौं पठाउने प्रयास असफल

रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा उनका बयानका लागि काठमाडौं पठाउने प्रक्रिया अनिश्चित भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माका अनुसार, रविलाई आज बिहान ८:४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने योजना थियो, तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जानकारी दिएका छन्।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ। उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो र उनी हाल कास्कीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। काठमाडौंको जिल्ला अदालतबाट पनि लामिछानेसहित १० जनाविरुद्ध मंसिर ७ गते पक्राउ पुर्जी जारी भएको छ।

यसअघि, लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर बयान लिइएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!