E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार

डडेल्धुरामा जिप दुर्घटना, २ महिलाको मृत्यु, ९ जना घाइते

डडेल्धुराको परशुराम नगरपालिका–९ नौलामा मंगलबार दिउँसो एक जिप दुर्घटना भएको छ। कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबूढा जाँदै गरेको जिप दैजी–जोगबूढा सडकखण्डमा मोडबाट करिब ५० मिटर तल खसेको जानकारी प्राप्त भएको छ।

परशुराम नगरपालिका–९ का अध्यक्ष देवबहादुर बोहराका अनुसार घटनास्थलमा २ जना महिलाको मृत्यु भएको पुष्टि भएको छ। उनका अनुसार, शव अहिले घटनास्थलमै छन्।

दुर्घटनामा घाइते भएका ९ जनालाई तत्काल उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ। घटनाको पूर्ण विवरण अझै प्राप्त भएको छैन र घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगबूढा को टोली पुगेको छ।

यस घटनाको थप विवरण र कारणको अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!