बैतडीको जगन्नाथ बाबा मन्दिरमा कार्तिक ३० गते भव्य रात्रिकालीन जात्रा हुने
बैतडी – बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४, गढीस्थित प्रसिद्ध धार्मिक स्थल श्री जगन्नाथ बाबा मन्दिरमा यस वर्षको जात्रा यहि कार्तिक महिनाको ३० गते, अर्थात् कार्तिक शुक्ल पूर्णिमाको दिन भव्य रूपमा मनाइने भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका अवसरमा विशेष पूजाआजा, धार्मिक अनुष्ठान, र सांस्कृतिक कार्यक्रमसहितको यस जात्रालाई विशेष धार्मिक महत्वका रूपमा लिइन्छ।
मन्दिरको व्यवस्थापनमा संलग्न जगन्नाथ सेवा समितिले सम्पूर्ण भक्तजनलाई यस रात्रिकालीन भव्य जात्रामा सहभागी हुन हार्दिक आमन्त्रण गरेको छ। भगवान् जगन्नाथको विशेष पूजा एवं आराधना गरिने यस अवसरमा देशका विभिन्न क्षेत्रबाट श्रद्धालुहरू आउने गर्छन्, जसले जात्रालाई अझ उल्लासमय बनाउँछ।
यस पावन अवसरको जानकारी गराउँदै दशरथचन्द नगरपालिका–४, देवलहाट, बैतडीका उद्धव सिंह मार्कण्डले सम्पूर्ण भक्तजनलाई जात्रामा सहभागी हुन अनुरोध गरेका छन्। उहाँले सबैलाई जात्रामा उपस्थित भएर जगन्नाथ बाबा मन्दिरको महत्त्वपूर्ण धार्मिक पर्वलाई सफल बनाउन आह्वान गरेका छन्।