E-PaperNepalअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी

सहकारी ठगी र संगठित अपराधका आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार लामिछानेसहित १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको हो।

चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध पूरक जाहेरी दिएपछि अदालतले पक्राउ अनुमति दिएको हो। सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएकाे र अन्य कम्पनीहरूमा ४३ करोड रुपैयाँभन्दा बढीको रकम हिनामिना भएको आरोप छ।

सहारा चितवन सहकारीका ६,३३४ बचतकर्ताको ५२ करोड रुपैयाँ हिनामिना भएको अनुसन्धानले देखाएको छ। बचतकर्ता ४४६ जनाले उजुरी दिएका थिए, जसमा ३७ करोडभन्दा बढी रकम फिर्ता गर्न माग गरिएको छ।

यसअघि सरकारी वकिल कार्यालयले गोर्खा मिडियाको ४७ करोड रुपैयाँ बराबरको बैंक कारोबारमा थप अनुसन्धान गर्न निर्देशन दिएको थियो। सहकारीबाट रकम लिएका अन्य कम्पनीहरूको बैंक विवरण पनि माग गरिएको छ।

गत कात्तिक २ गते कास्कीबाट पक्राउ परेका लामिछानेलाई रूपन्देही र कास्कीमा बयान लिइएको थियो। स्वर्णलक्ष्मी सहकारी काण्डमा पनि काठमाडौंमा पक्राउ पुर्जी जारी भइसकेको छ। अब चितवनमा थप अनुसन्धानका लागि उनलाई काठमाडौंबाट ल्याउने तयारी भइरहेको छ।

ठगी मुद्दामा संलग्न भनिएका १७ प्रतिवादीमध्ये ११ जना फरार छन्। तीन जना कारागारमा छन् भने तीन जना अनुपस्थित छन्। कुमार रम्तेललाई यसअघि कास्की प्रहरीले पक्राउ गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!