E-PaperNepalदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित, अनुसन्धान जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। लामिछानेलाई गत कात्तिक २५ मा थप १३ दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराइएको हो। उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो र अहिले कास्की प्रहरी कार्यालयको हिरासतमा छन्।

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप छ। उनका साथै अन्य सञ्चालकहरू विरुद्ध पनि उजुरी परेको छ। लामिछाने र अन्य व्यक्ति विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ।

सम्पूर्ण प्रकरणमा संसदीय छानबिन विशेष समितिले पनि उनीहरूको दोष पुष्टि गर्दै थप अनुसन्धानको सिफारिस गरेको थियो। चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरिएको आरोप छ। पोखरा, बुटवल र चितवनका सहकारी संस्थाबाट रकम गोर्खा मिडियामा जानुलाई आधार बनाएर लामिछानेमाथि अनुसन्धान चलिरहेको छ।

रास्वपाले भने लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा देखिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!