E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार
कञ्चनपुरमा ६ लाख ७७ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान बरामद
कञ्चनपुर, १५ पुस – कञ्चनपुरका विभिन्न स्थानहरुबाट ६ लाख ७७ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ। भीमदत्त नगरपालिका ६ ऐठपुर, बेलौरी नगरपालिका १ बैशाखी, बेलौरी नगरपालिका ६ भुराकोट र बेलौरी नगरपालिका ७ पौलाहबाट अवैध सामान बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार, उक्त सामान भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याउने क्रममा बरामद भएको हो। बरामद गरिएका सामाग्रीमा युरिया मल, कुर्सी, ट्रयाक, ट्रयाकसुट र सटजस्ता वस्तुहरू समावेश छन्। प्रहरीले उक्त सामग्रीलाई जाँचपछि कानूनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
अवैध सामाग्रीको कारोबार रोक्न कञ्चनपुर प्रहरीले थप निगरानी बढाएको र यस विषयमा थप अनुसन्धान भइरहेको छ।