E-PaperNepalदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार
रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याउँदै, सहकारी ठगी अनुसन्धान अंतिम चरणमा
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्जमा बयान सकिएपछि बाराको सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको छ।
बयानपछि लामिछानेलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याएर पोखरालगि जाने कार्यक्रम तय गरिएको छ। वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेसँग मंगलबार बयान लिइएको थियो।
साथै, लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान पनि अन्तिम चरणमा पुगेको छ। प्रहरीले अब यस सम्बन्धमा अनुसन्धान प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।