E-PaperNepalदेशशीर्ष समाचारस्थानीय समाचार
रास्वपा को पाँच जिल्लामा भेला, जिल्ला समिति गठनमा छलफल जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पाँच जिल्लामा जिल्ला भेला आयोजना गरेको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कर्णाली, लुम्बिनी, गण्डकी, र बागमती प्रदेशका सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा सो भेलाहरू आयोजना गरिएको हो।
भेलामा पार्टीका केन्द्रीय प्रतिनिधिहरूसहित केन्द्रीय नेताहरूको समेत सहभागीता रहने बताइएको छ। कार्यक्रममा पार्टीको संशोधित विधानको आधारमा जिल्ला समिति गठन, रिक्त पदपूर्ति, संगठन निर्माण, साथै निर्वाचन क्षेत्र, पालिका, र वडामा संगठन निर्माण सम्वन्धी योजनामा छलफल हुने जनाइएको छ।
बुर्लाकोटीका अनुसार, केन्द्रीय संगठन विभाग, प्रदेश संगठन विभाग र जिल्ला सभापतिहरूसँगको समन्वयमा जिल्लामा भेला आयोजना गर्न तयारी भइरहेको छ। यसअघि रास्वपाले देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ।