E-PaperNepalअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

हमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

गृहमन्त्रीको ‘प्रमुख स्वकीय’ भन्ने दाबी गर्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्ट हुन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सानुराम भट्टराईका अनुसार, पक्राउ परेका विष्टमाथि अनुसन्धान शुरु गरिएको छ। उनले गृहमन्त्रीको नक्कली प्रमुख स्वकीय (पीए)को रूपमा ठगी गर्ने आरोप लागेको छ। गृहमन्त्रीको सचिवालयले पनि यस विषयमा केही समयदेखि सूक्ष्म निगरानी राखिरहेको थियो। नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा उनलाई पक्राउ गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!