मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे, आगामी पिढीका लागि नयाँ अवसरको तयारी
पाकिस्तानका तीव्र बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले भनेका छन्, मैले धेरै सोचविचार गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय गरेको छु। यस्तो निर्णय कहिल्यै सजिलो हुँदैन।
आफ्नो टिम, देश र क्रिकेटको भविष्यका विषयमा सोच्दै आमिरले यो निर्णय लिएको बताएका छन्। उनले थपेका छन्, आगामी पिढीका लागि कमाण्ड सम्हाल्ने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा लैजाने यो सही समय हो।
मोहम्मद आमिरले आफ्नो देशको क्रिकेटको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई ठूलो सम्मान लागेको पनि बताएका छन्। साथै, उनले पाकिस्तान क्रिकेट बोर्ड, आफ्नो परिवार, साथी र सबै समर्थकहरूलाई धन्यवाद दिएका छन्।
यसअघि पनि आमिरले सन्यासको घोषणा गरेका थिए। तर पछि फिर्ता लिएर पाकिस्तानका लागि टी–२० विश्वकपमा खेलेका थिए। यसपटक भने उनले आफ्नो सन्यासको निर्णयमा दृढता देखाएका छन्।