E-PaperNepalदेशराजनीतिशीर्ष समाचारसंसार

अदालतले ट्रम्पको सजायँ रोक्ने अनुरोध अस्वीकार, अब जेल वा अन्य सजायको निर्णय हुने

अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक महत्वपूर्ण मुद्दामा आज निर्णय सुनाउने तयारी गरेको छ। ट्रम्पविरुद्धको मुद्दा पूर्व पोर्नस्टार स्टोर्मी ड्यानल्ससँगको यौन सम्बन्धको बारेमा हो, जसमा उनले उक्त सम्बन्धलाई गोप्य राख्नका लागि १ लाख ३० हजार अमेरिकी डलर रकम दिएको र त्यसको प्रमाण मेटाउने प्रयास गरेको आरोप छ।

अमेरिकामा ट्रम्पले भने उक्त आरोप अस्वीकार गर्दै आफूले कुनै गलत कार्य नगरेको जिकिर गरेका छन्। तथापि, न्यूयोर्क अदालतको बहुमत न्यायाधीशहरुले सजायँ सुनाउने निर्णय रोक्नुपर्ने ट्रम्पको अनुरोधलाई अस्वीकार गरेका छन्। अदालतले ५ जना न्यायाधीशको बहुमतमा ट्रम्पको अनुरोध खारेज गरेको हो। अब अदालतले ट्रम्पलाई जेलमा पठाउने, चालचलन सुधार्न मौका दिने, जरिवाना तोक्ने वा निःसर्त छोड्ने बारेमा निर्णय गर्नेछ।

यसैबीच, ट्रम्पले अदालतको निर्णयलाई अवैध राजनीतिक हमला भन्दै आलोचना गरेका छन्। उनले यसलाई बदनियतपूर्ण कदम भनेका छन्। ट्रम्पको पक्षले यो मुद्दा तत्काल खारेज गर्नुपर्ने र उनलाई कुनै अवरोध विना ह्वाइटहाउस प्रवेश गर्न दिनुपर्ने अडान राखेका छन्।

सम्बन्धित मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनाव अघि सार्वजनिक भएको थियो, जब पूर्व पोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्धको कुरा बाहिर आएको थियो। ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आफूले कुनै गलत काम नगरेको बताए, तर अदालतले उनलाई दोषी ठहर गरेको छ।

अब, ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय चुनावको सामना गर्दा यस मुद्दाका कारण कानुनी समस्याहरुको सामना गर्नु पर्ने भएको छ। ट्रम्पले २०२४ को चुनावमा जित हासिल गरेपछि २० जनवरीदेखि अमेरिकाको राष्ट्रपति पद सम्हाल्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!