E-PaperNepalदेशधर्मशीर्ष समाचारस्थानीय समाचार

स्वर्गिनी पिपलधाम: एक पौराणिक तीर्थस्थलको धार्मिक महत्त्व र परम्परा

सरोयु नदी र कौशिकी नदीको संगममा अवस्थित स्वर्गिनी पिपलधाम पौराणिक कालदेखि नै धार्मिक महत्त्व बोकेको ऐतिहासिक तीर्थस्थल हो। हरिद्वारजस्ता प्राचीन धार्मिक ग्रन्थहरूमा समेत उल्लेख गरिएको यो धाम आजभन्दा १४००-१५०० वर्षअघि देखि आत्मशुद्धि र धार्मिक कर्मका लागि महत्त्वपूर्ण स्थल मानिंदै आएको छ।

यस तीर्थस्थलमा जिजुबाजेहरूका समयदेखि नै विवाह, व्रतबन्ध, मृत्युसुतकजस्ता कर्महरूमा स्नान गरी आत्मशुद्धि गर्ने परम्परा रहेको छ। सरोयु नदी र कौशिकी नदीको संगममा रहेको यो स्थललाई हालको समयमा कौशिकी नदीलाई कोटीणा खोलाका रूपमा चिनिन्छ। यही संगममा अवस्थित पवित्र स्थानलाई पछिल्ला दिनमा रामेश्वर धामका रूपमा व्याख्या गरिएको छ।

हरेक वर्षको माघ १ गते भक्तजनहरू यस पवित्र धाममा स्नान गरी स्वर्गिनी पिपलधामको दर्शनका लागि पुग्ने परम्परा रहिआएको छ। यो अवसरमा कौशिकी र सरोयु नदीको संगममा स्नान गरी तन, मन र आत्मालाई शुद्ध बनाउँदै स्वर्गिनी पिपलधाममा पूजाआजा गर्ने गरिन्छ।

यस वर्ष पनि माघ १ गते सम्पूर्ण भक्तजनहरूलाई आफ्नो मनोभावना शुद्ध बनाउन, आत्मसन्तुष्टि प्राप्त गर्न र धार्मिक आस्थाको प्रतीकस्वरूप स्वर्गिनी पिपलधाममा दर्शन गर्नका लागि आह्वान गरिन्छ। यो धामले तपाईंको जीवनमा धार्मिक र आध्यात्मिक ऊर्जा थप्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!