E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कर्फ्यु उल्लंघन गर्नेमाथि गोली प्रहारसम्मको आदेश लिनु नपर्ने : डीआईजी आचार्य

काठमाडौं – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले कर्फ्यु आदेश उल्लंघन गर्नेहरूमाथि गोली प्रहारसम्मको निर्णय लिन प्रहरीले आदेश माग्नुपर्ने नपर्ने बताएका छन्।
प्रवक्ता आचार्यले भने, कर्फ्यु उल्लंघनमा प्रहरीले गोली प्रहारसम्मका कदम चाल्न सक्छ। यसका लागि बाहिरबाट अतिरिक्त आदेश आवश्यक पर्दैन।
उनका अनुसार कर्फ्यु लागू भएको अवस्थामा जनसुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मीले आफ्नो विवेक प्रयोग गरेर आवश्यक कारबाही गर्न सक्छन्।
यसअघि, विभिन्न स्थानमा कर्फ्यु आदेश जारी हुँदा त्यसको कार्यान्वयनबारे बहस भइरहेको बेला प्रहरी प्रवक्ताको यो भनाइ आएको हो।