E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

भरतपुर विद्युत प्राधिकरण प्रमुख रामु श्रेष्ठमाथि अज्ञात समूहको आक्रमण

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आज बिहान अज्ञात समूहले आक्रमण गरेको घटना सार्वजनिक भएको छ।

प्राप्त जानकारी अनुसार, केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित आपत्तिजनक शब्द राखिएको विषयमा विवाद उत्पन्न भएको थियो। यस विषयलाई लिएर १३/१४ जनाको समूहले प्रमुख रामु श्रेष्ठमाथि आक्रमण गरेको थियो।

आक्रमणको क्रममा कार्यकक्ष भित्र रहेका कम्प्युटर, टेबल र अन्य सामाग्रीलाई क्षति पुर्याइएको छ। विद्युत कर्मचारीहरुले यो घटनाको कडा निन्दा गर्दै संयुक्त विज्ञप्ती जारी गरेका छन्। यस घटनाले केन्द्रमा तनावपूर्ण वातावरण सिर्जना गरेको छ र यसप्रति गम्भीर ध्यान दिइनु पर्ने माग गरिएको छ।

यो घटनापछि प्रमुख रामु श्रेष्ठलाई सुरक्षाको लागि थप सहयोगको आवश्यकता परेको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!