E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

महोत्तरीमा श्रीमतीको हातमा वीभत्स हत्या, प्रहरीले अन्य संलग्नताको आशंका

महोत्तरी जिल्लाको धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ स्थित दिगम्बरपुरका शिवशंकर महतोको वीभत्स हत्या भएको घटनामा उनकी श्रीमती सिर्जना महतो पक्राउ परेकी छन्।

गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका-८ मा सागरनाथ वन विकास परियोजनाको जंगलमा रेलवे ट्र्याकदेखि एक सय मिटर टाढा शव फेला परेको थियो। मृतकको टाउकोमा खुकुरी प्रहार गरिएको र अनुहार जलाइएको अवस्थामा शव फेला परेको थियो।

प्रहरीका अनुसार, मृतक शिवशंकर श्रीमती सिर्जना ससुराली जाँदै थिए र त्यसबीचमै घटना भएको हुनसक्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारका अनुसार, घटनामा अन्य व्यक्तिहरूको संलग्नता पनि रहेको छ र तिनीहरूको पहिचान भइसकेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो घटनाको सम्बन्ध विवाहेत्तर सम्बन्धसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ, यद्यपि यस बारे विस्तृत जानकारी भने प्रहरीले खुलाएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!