जडीबुटी कम्पनीमा आगजनी, कर्मचारीले ज्यान जोगाउन भागे

काठमाडौंको जडीबुटी स्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा राजावादी समूहद्वारा आगजनी र तोडफोड गरिएपछि कर्मचारीहरूले आफ्नो ज्यान जोगाउन भागेका छन्। कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले घटना बारे जानकारी दिँदै भने, “आज साढे २ बजेतिर हामी काम गरिरहेका थियौँ। अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो। अफिसको अगाडि सिसा र काँचका भागहरू थिए, त्यसैले हामी सबै डरको स्थितिमा कोठामा बस्यौँ।”
डा. यादवका अनुसार, बाहिर राखिएका गाडीमा आगजनी गर्न सुरु गरेपछि उनीहरूले मुख्य भवनमा आगो लाग्ने डरका कारण स्टोरतर्फ भागेको बताइन्। स्टोरमा राखिएका प्रज्जवलनशील पदार्थहरूको कारण आगो लागेको खण्डमा ठूलो विस्फोटको खतरा रहेको उहाँले बताउनुभयो।
आगजनीका कारण कम्पनीको सम्पत्ति र कर्मचारीहरूको सुरक्षा जोखिममा परेको भए पनि, प्रहरीले र अन्य निकायहरूले आगो निभाउने कुनै पहल नगरेको भन्ने गुनासो पनि महाप्रबन्धक यादवले व्यक्त गर्नुभयो।
यस घटनाले जडीबुटी क्षेत्रको ठूलो क्षति हुनसक्ने अवस्था सिर्जना गरेको छ।