E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार
प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

राजावादी समूहको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। तीनकुने क्षेत्रमा प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावादी समूहले प्रहरीसँग झडप गरेपछि हिंसा फैलिएको हो। शुक्रबारको विरोधसभा पनि हिंसात्मक रुपमा परिणत भएपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएको जानकारी प्राप्त भएको छ।
मन्त्रिपरिषद्को बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ।