देशशीर्ष समाचारस्थानीय समाचार
धनुषामा भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण, हवाई फायर

धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका–६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको छ। प्रहरीको जानकारी अनुसार, स्थानीय भजु यादवको घरबाट तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्करहरूले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। यसपछि, आत्मरक्षाको लागि प्रहरीले एक राउन्ड हवाइ फायर गरेको बताइएको छ।
धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार, प्रहरीमाथि आक्रमणको प्रयास भएपछि हवाइ फायर गरियो। हवाई फायरपछि तस्करहरू भाग्न सफल भए र प्रहरीले यादवको घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरेको डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।