E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

इलाममा १९ वर्षीया किशोरीको शव गाडिएको अवस्थामा फेला

इलाम – फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव १५ दिनपछि गाडिएको अवस्थामा फेला परेको छ। शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी र प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार, शव उत्खनन गर्ने कार्य भइरहेको छ र कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने जानकारी दिइएको छ। प्रहरीले कट्टेलका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ।

कट्टेल २७ वर्षका उमेश गिरीसँग विवाह गरेर देउमाई नगरपालिका जितपुर माइत गइन् र यही चैत १ गतेदेखि बेपत्ता भएकी थिइन्। हराएपछि कट्टेलका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए। शव फेला परेको स्थानमा प्रहरी अनुसन्धान जारी राखेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!