E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्। उनले भोलि सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ।

पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि पहिलो बैठकमा कार्यवाहक सभापति द्वारा धन्यवाद ज्ञापन गरिनेछ र त्यसपछि पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा दोस्रो बैठक सुरु हुनेछ।

यसअघि, पुस ८ मा भएको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी पार्टी उपाध्यक्ष अर्याललाई दिएको थियो। लामिछानेलाई ४ कात्तिकमा सहकारीको रकम अपचलनको मुद्धामा प्रहरीले पक्राउ गरेको थियो। उक्त मुद्धामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो। रिहा भएदेखि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन्।

अब लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् र आगामी बैठकमा उनको उपस्थिति हुने निश्चित भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!