E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

झापामा खुकुरी प्रहारपछि महिला मृत, श्रीमान् गम्भीर घाइते

झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा एक महिला मृत अवस्थामा फेला परेकी छन् भने उनका श्रीमान् गम्भीर घाइते अवस्थामा भेटिएका छन्। घटनाको जानकारी अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ मा बस्दै आएकी ४० वर्षीय मनिषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन्। उनलाई खुकुरी प्रहार गरिएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा पुगेपछि मग्रान्तीलाई सलमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो भने, शरीरमा पासो खोलिएको जस्तो देखिएको भनिएको छ। यद्यपि, प्रहरीले भने धारिलो हतियारको प्रहार नदेखिएको जनाएको छ।

त्यस्तै, मग्रान्तीका श्रीमान् ३९ वर्षीय लालबहादुर सार्की घाँटीमा चोट लागेका अवस्थामा भेटिएका छन्। उनलाई तत्काल अस्पतालमा पठाइएको छ। प्रहरीका अनुसार, सार्कीको घाँटीमा धारिलो हतियारको प्रहार देखिएको छ।

घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय, झापाले थप अनुसन्धान जारी राखेको जनाएको छ। यो घटनामा सबै पक्षको जाँच प्रक्रिया र अनुसन्धान जारी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!