देशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

स्वर्णलक्ष्मी सहकारी प्रकरण: रवि लामिछाने आज पाटन उच्च अदालतमा पुनरावेदन दायर गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा पुनरावेदन गर्ने तयारीमा छन्। उनले आज बिहान ११ बजे पाटन उच्च अदालतमा पुनरावेदन दर्ता गर्ने जानकारी प्राप्त भएको छ।

स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। यस अपचलन घटनामा मुछिएका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, जसको विरोध गर्दै सरकारले उच्च अदालतमा निवेदन दर्ता गराएको थियो।

अदालतका एकल न्यायाधीश माधवप्रसाद अधिकारीको आदेशलाई त्रुटिपूर्ण भन्दै सरकारले यसविरुद्ध पुनरावेदन दायर गरेको छ। अब पाटन उच्च अदालतले यस मुद्दामा पुनः निर्णय गर्नुपर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!