अन्ततः सरकारले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्यो

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो, जसको बारेमा मन्त्रिपरिषद्निकट स्रोतले जानकारी दिएको छ। यसअघि, मन्त्रिपरिषद् ले घिसिङलाई स्पष्टीकरण सोधेको थियो र उनले जवाफ पनि दिएका थिए। तर, उनका स्पष्टीकरणलाई चित्तबुझ्दो नभएको भन्दै उनलाई पदबाट हटाउने निर्णय गरिएको छ।
घिसिङलाई पदबाट हटाउने चर्चा खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सुरु भएको थियो। गत साउनबाटै यस बारेको चर्चा चल्न थालेको थियो। यस बीचमा ऊर्जा मन्त्रालयस्तरीय निर्णयबाट तीनपटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो। तर, घिसिङले आफूलाई मन्त्रिपरिषद् ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयले उनलाई हटाउन नमिल्ने जवाफ दिएका थिए। पछि, मन्त्रिपरिषद् ले फेरि उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
घिसिङको पदावधि आगामी साउनमा सकिन लागेको छ, र उनी आफूलाई पदबाट हटाउने निर्णयको बिरोध गर्दै आएका थिए।