E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलाली भन्सार कार्यालयले आठ महिनामा ५ अर्ब ३४ करोड राजस्व सङ्कलन गर्यो

धनगढी, २७ मार्च २०२५ – कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा ५ अर्ब ३४ करोड १९ लाख बराबरको राजस्व सङ्कलन गरेको जनाएको छ। यो राजस्व साउनदेखि फागुन मसान्तसम्मको अवधिमा सङ्कलन गरिएको हो।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार, यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख र अन्य स्रोतबाट एक अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन गरिएको छ।

यद्यपि, चालु आवको वार्षिक राजस्व सङ्कलनको लक्ष्य ११ अर्ब १६ करोड २६ लाख रहेको भए तापनि आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशत मात्र सङ्कलन भएको छ।

राजस्व सङ्कलनका लागि साउनदेखि फागुनसम्मका मासिक आँकडा यसप्रकार रहेको छ :
साउन: ५७ करोड ५० लाख
भदौ: ५३ करोड ८४ लाख
असोज: ६७ करोड २४ लाख
कात्तिक: ६२ करोड ७८ लाख
मङ्सिर: ८१ करोड १३ लाख
पुस: ६५ करोड ८७ लाख
माघ: ७३ करोड २ लाख
फागुन: ७२ करोड ७६ लाख

सूचना अधिकारी अर्यालले, पेट्रोलियम पदार्थजस्ता वस्तुहरूको आयात घट्नु र अन्य कारणहरूले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न नसकेको बताए।

गत आव २०८०/८१ मा पनि भन्सार कार्यालयले निर्धारित राजस्व लक्ष्य पूरा गर्न सकेको थिएन। सो आवमा ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको लक्ष्य तोकिएको थियो, तर ७ अर्ब ९१ करोड ८० लाख मात्र सङ्कलन भएको थियो, जुन लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!