E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
इमाडोलमा खुकुरी प्रहार गरी युवकको हत्या

ललितपुरको महालक्ष्मी नगरपालिका-४, इमाडोलको ओचुहाइटमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ।
गएराति करिब ११ बजे रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले सोही ठाउँका ३० वर्षीय दीपक खातीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
प्रहरी स्रोतका अनुसार, उनीहरूबीच बहिनी जिस्क्याएको विषयमा विवाद भएको थियो। विवादकै क्रममा रसाइलीले खातीको गर्धनमा खुकुरी प्रहार गरेका थिए।
हत्या आरोपी रसाइलीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।