शेखर कोइराला बोले सरकारमा सुशासनको अभाव, कर्मचारी नियुक्ति मन परेका आधारमा हुँदै

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासनको अभाव रहेको बताएका छन्। उनले यसबारे काठमाडौंमा आयोजित गिरिजाप्रसाद कोईरालाको १५औं स्मृति दिवसको अवसरमा विचार गोष्ठीलाई सम्बोधन गर्दै आफ्नो धारणा प्रस्तुत गरे।
सांसद कोइरालाले नेपाली कांग्रेस सरकारमा भए पनि सुशासन नभएको टिप्पणी गर्दै भने, “आजको दिन पनि हामी सरकारमा छौँ, तर सुशासनको अवस्थिति निकै कमजोर छ। सरकारमा कर्मचारी नियुक्तिको प्रक्रिया आफूसँग मिल्ने आधारमा गरिएको छ, जुन कदापि स्वीकार्य छैन।”
उनले सरकारको आलोचना गर्दै भने, “कर्मचारी नियुक्तिमा योग्यता भन्दा पनि ‘मन लागेको’ आधारमा चयन भइरहेको छ। यसले नै सुशासनको अभाव देखाउँछ।” उनले यो विषयलाई उठाउँदा नेपाली कांग्रेस र एमाले सरकारको हिस्सा भएको भए पनि सुशासनको क्षेत्रमा गम्भीर समस्या रहेको बताए।
यसका साथै, सांसद कोइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको बताएका छन्। उनले नेपाललाई अफ्ठ्यारो परिस्थितिमा पार्ने स्थितिमा नपुग्न आग्रह गर्दै, भविष्यमा कुनैपनि पार्टीको पछि नलाग्ने स्पष्ट धारणा राखे।